दुई कम्पनीले सेयरधनीको डिम्याट खातामा पठाउन थाल्यो हकप्रद सेयर, नपाएकाले के गर्ने ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र २२ गते
दुई कम्पनीले सेयरधनीको डिम्याट खातामा पठाउन थाल्यो हकप्रद सेयर, नपाएकाले के गर्ने ?

बलेफी हाइड्रोपावर लिमिटेड र ङादी ग्रुप पावर लिमिटेडले क्रमशः मंसिर २७ देखि पुस १७ गते र पुस २३ देखि माघ २९ गतेसम्म १:१ अनुपातमा निष्काशन गरेका हकप्रद सेयर सेयरधनीको डिम्याट खातामा पठाइएको छ।

बलेफी हाइड्रोपावर लिमिटेडले हकप्रद निष्काशन प्रयोजनार्थ कात्तिक २१ गते बुक क्लोज गरेको थियो। यस अनुसार, कात्तिक २० गतेसम्म यस कम्पनीको सेयर किन्ने र रीतपूर्वक आवेदन दिने सबै आवेदकले हकप्रद सेयर प्राप्त गरेका छन्।

कम्पनीको सेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

त्यसैगरी, ङादी ग्रुप पावर लिमिटेडले १:१ अनुपातमा हकप्रद सेयर निष्काशन गरेको थियो । कम्पनीले मंसिर १८ गते बुक क्लोज गरेको थियो। यसअनुसार, मंसिर १७ गतेसम्म सेयर किन्ने र रीतपूर्वक आवेदन दिने सबै आवेदकले हकप्रद सेयर प्राप्त गरेका छन्।

कम्पनीको धितोपत्र निष्काशन र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

उक्त दुवै कम्पनीको हकप्रद सेयर चैत १९ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचीकृत भई अभौतिक रूपमा कारोबारमा आएका छन्।

हालसम्म पनि सेयर अभौतिकीकरण नगरेका सेयरधनीहरूले उक्त प्रक्रिया पूरा गरेपछि मात्र हकप्रद सेयर स्वतः डिम्याट खातामा पठाइनेछ।

साथै, सेयर धितो राखेर कर्जा लिएका सेयरधनीहरूले कर्जा लिएको बैंक वा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटर पेश गरेपछि मात्र हकप्रद सेयर डिम्याट खातामा पठाइनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स