बिन्धवासिनी हाइड्रोपावरको ९६ लाखभन्दा बढी कित्ता सेयरको लकइन अवधि सकिँदै

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ १ गते
बिन्धवासिनी हाइड्रोपावरको ९६ लाखभन्दा बढी कित्ता सेयरको लकइन अवधि सकिँदै

बिन्धवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ९६ लाखभन्दा बढी कित्ता सेयरको लकइन अवधि २०८२ साल असार २ गते समाप्त हुँदैछ।

यो अवधि समाप्त भएपछि कम्पनीका संस्थापक, आयोजना प्रभावित स्थानीय तथा कर्मचारीहरूले आफ्ना सेयरहरू बिक्री गर्न सक्नेछन्। लकइन सकिन लागेका कुल ९६ लाख ७१ हजार ८८ कित्ता सेयरमध्ये संस्थापकले धारण गरेका ८४ लाख ७३ हजार ५६० कित्ता, आयोजना प्रभावित स्थानीयको नाममा रहेका ११ लाख २९ हजार ८०० कित्ता, र कर्मचारीहरूले राखेका ६७ हजार ७८८ कित्ता सेयर समावेश छन्।

नेपालको धितोपत्रसम्बन्धी नियमन अनुसार, सार्वजनिक निष्काशन पछिको तीन वर्षसम्म संस्थापक र कर्मचारीका सेयरहरू लकइनमा राख्नुपर्ने प्रावधान छ। लकइन अवधि सकिएपछि उनीहरूले ती सेयरहरू बिक्री गर्न सक्नेछन्। तर, कम्पनीका सञ्चालकहरूले भने अझै सेयर बिक्री गर्न पाउने छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स