नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ४ कम्पनीको हकप्रद सेयर र बोनस सेयर सूचीकृत भएको छ । मंगलबार बलेफी हाइड्रोपावर र ङादी ग्रुप पावरको हकप्रद सेयर सूचीकृत भएको हो भने फरवार्ड माइक्रोफाइनान्स र नेपाल एसबीआई बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
बलेफी हाइड्रोपावरको १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता नेप्सेमा सूचीकृत भएको छ। कम्पनीले आफ्ना सेयरधनीलाई जारी गरेको १०० प्रतिशत हकप्रद सेयर सूचीकरण गरिएको हो । नेप्सेमा सूचीकृत उक्त हकप्रद सेयर सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

ङादी ग्रुप पावरको १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता नेप्सेमा सूचीकृत भएको छ। कम्पनीले आफ्ना सेयरधनीलाई जारी गरेको १०० प्रतिशत हकप्रद सेयर सूचीकरण गरिएको हो । नेप्सेमा सूचीकृत उक्त हकप्रद सेयर सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

त्यस्तै, फरवार्ड माइक्रोफाइनान्सको १३.३० प्रतिशतका दरले हुन आउने १४ लाख ०३ हजार ८९९.७६ कित्ता बोनस सेयर सूचीकृत भएको हो । उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।

नेपाल एसबीआई बैंकको ३.८० प्रतिशतका दरले हुन आउने ३९ लाख ९०० हजार ५७.८६७२ कित्ता बोनस सेयर सूचीकृत भएको हो । उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।


प्रतिकृया