बलेफी हाइड्रोपावरको हकप्रद सेयर बाँडफाँट, अन्तिम मूल्य कति ?



Advertisement
Ads

बलेफी हाइड्रोपावर लिमिटेडले फागुन ५ देखि १९ गतेसम्म लिलाम बढाबढमार्फत बिक्री खुला गरेको १७ लाख ९८ हजार ६५६ कित्ता अवितरित हकप्रद सेयरको बाँडफाँट सम्पन्न भएको छ। कम्पनीले फागुन २२ गते गोप्य शिलबन्दी खोली फागुन २७ गते बाँडफाँट गरेको जानकारी दिएको छ।

बिक्री खुला गरिएका सेयरमध्ये संस्थापक समूहका लागि ६ लाख ७६ हजार १९१ कित्ता, सर्वसाधारण समूहका लागि ५ लाख ८ हजार ८९२ कित्ता, तथा लकइनमा नरहेका सर्वसाधारण समूहका लागि ६ लाख १३ हजार ५७३ कित्ता सेयर रहेका थिए। बाँडफाँटमा संस्थापक समूहको सेयरको अन्तिम मूल्य प्रतिकित्ता २२८.११ रुपैयाँ, सर्वसाधारण समूहको २२६ रुपैयाँ, तथा लकइनमा नरहेका सर्वसाधारण समूहको सेयरको अन्तिम मूल्य ३२२.५० रुपैयाँ कायम भएको छ।


Advertisement

यसैगरी, बाँडफाँटमा नपरेका आवेदकहरूको सेयरबापतको रकम फागुन २८ गतेदेखि कनेक्ट आईपीएसमार्फत फिर्ता दिन सुरू गरिएको बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलले जनाएको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर