भुक्तानी सेवा प्रदायक दुई कम्पनीको लाइसेन्स खारेज

भुक्तानी सेवा प्रदायक दुई कम्पनीको लाइसेन्स खारेज
Advertisement Ads

नेपाल राष्ट्र बैंकले पेवेल नेपाल र सजिलो पे पेमेन्ट सर्भिसेस प्रालिलाई प्रदान गरिएको भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र खारेज गरेको छ।

बिहीबार सम्पन्न सञ्चालक समितिको निर्णयअनुसार, भुक्तानी तथा फछ्र्योट ऐन २०७५ को दफा ३५ को उपदफा (१) को खण्ड (च) बमोजिम दुवै कम्पनीको लाइसेन्स रद्द गरिएको हो।

राष्ट्र बैंकका अनुसार पेवेल नेपाल (अनुमतिपत्र मिति २०७७/०६/११) र सजिलो पे पेमेन्ट (अनुमतिपत्र मिति २०७७/१२/१७) ले भुक्तानी तथा फछ्र्योट ऐन २०७५, भुक्तानी तथा फछ्र्योट विनियमावली २०७७, भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०८१ तथा सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४का विभिन्न प्रावधान उल्लंघन गरेका थिए।

आज सार्वजनिक गरिएको सूचनामार्फत राष्ट्र बैंकले दुवै कम्पनीको अनुमतिपत्र खारेज गरिएको जानकारी दिएको छ।

508451088 1495437061819876 8838559212291994023 n 2 1750341347 https://bajarkochirfar.com/licenses-of-two-payment-service-providers-revoked | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स