instainsta

लक्ष्मी सनराइज बैंकले माग्यो कर्मचारी

बजारको चिरफार
बजारको चिरफार
२०८२ आश्विन २३ गते
लक्ष्मी सनराइज बैंकले माग्यो कर्मचारी
AdvertisementAds

लक्ष्मी सनराइज बैंकले सूचना तथा सञ्चार प्रविधि (ICT) क्षेत्रमा सपोर्ट अफिसर पदका लागि आवेदन आह्वान गरेको छ। यस पदमा काम गर्ने व्यक्तिले बैंकको ICT प्रणाली २४ घण्टा लगातार सञ्चालनमा रहोस् भनेर हेरचाह गर्नु पर्नेछ।

उम्मेदवारले डिजिटल लेनदेन प्रक्रिया, API र यसको जडान, एप्लिकेशन र सिस्टमको लग जाँच, SQL क्वेरी लेख्न र सुधार गर्न सक्ने हुनुपर्छ। एप्लिकेशन सेवा, तिनका निर्भरता र सिस्टम व्यवस्थापनको ज्ञान साथै एप्लिकेशन, API र डेटाबेसमा समस्या समाधान गर्न सक्ने क्षमता चाहिन्छ।

काम गर्न इच्छुकले रात्री समय र अतिरिक्त समय काम गर्न तयार हुनु पर्नेछ। न्यूनतम योग्यता कम्प्युटर साइन्स, MIS वा सम्बन्धित क्षेत्रमा स्नातक डिग्री आवश्यक छ। हालै स्नातक भएका पनि आवेदन दिन सक्नेछन्। आवेदन कार्तिक ८ गतेसम्म दिन सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स