लक्ष्मी सनराइज बैंक लिमिटेडले आफ्नो कार्ड स्विच प्रणाली स्तरोन्नतीको कार्यका कारण आज पौष २३ गते (जनवरी ७, २०२६) राति १० बजेदेखि पौष २४ गते (जनवरी ८, २०२६) बिहान ४ बजे सम्म बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड, डलर कार्ड, एटीएम, POS र ई–कमर्स भुक्तानी सेवा अस्थायी रूपमा अवरुद्ध हुने जानकारी दिएको छ।
यस अवधिमा मोबाइल मनी र इन्टरनेट बैंकिङ्ग सेवा भने सामान्य रूपमा सञ्चालन हुने छन्। बैंकले ग्राहकहरूलाई पर्न सक्ने असुविधाप्रति क्षमायाचना व्यक्त गरेको छ।


प्रतिकृया