कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, कम्पनीको खुद नाफा ४५.४४ प्रतिशतले घटेर २५ लाख ४४ हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४६ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
विद्युत बिक्री आम्दानीमा आएको २१.३२ प्रतिशतको गिरावट, साथै कुल नाफा, सञ्चालन मुनाफा र अन्य आयका सूचकहरूमा आएको कमीका कारण नाफा घटेको हो।
🔴 Quarterly Report LIVE Update [Q1]: नेप्सेमा सूचीकृत कम्पनीहरूको वित्तीय विवरणको LIVE अपडेट
पहिलो त्रैमाससम्ममा कम्पनीको विद्युत बिक्री आम्दानी २१.३२ प्रतिशतले घटेर ८१ लाख ९८ हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिसम्ममा यो आम्दानी १ करोड ४ लाख रुपैयाँ थियो।
यस्तै, कम्पनीको कुल नाफा २३.७३ प्रतिशत घटेर ७६ लाख २६ हजारमा सिमित भएको छ भने सञ्चालन मुनाफा २९.३३ प्रतिशतले घटेको विवरणमा उल्लेख छ।
कम्पनीले समीक्षा अवधिसम्म १७ लाख ४० हजार रुपैयाँ प्रशासनिक खर्च तथा ५ लाख ६७ हजार रुपैयाँ वित्त खर्च गरेको छ।
कम्पनीको चुक्ता पूँजी १३ करोड ४० लाख रुपैयाँ रहेको छ भने जगेडा कोष ५ करोड ३ लाख रुपैयाँ रहेको छ। कम्पनीको दीर्घकालीन कर्जा २ करोड ६१ लाख रुपैयाँ, कुल चालु सम्पत्ति १ करोड १७ लाख रुपैयाँ र कुल चालु दायित्व ४८ लाख ५४ हजार रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ७.५९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३७.४५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १६०.६६ रुपैयाँ र मूल्य आम्दानी अनुपात २३०.४० गुणा रहेको छ।


प्रतिकृया