लाभांश पारित गर्न कुथेली बुखरी स्मल हाइड्रोपावरले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

लाभांश पारित गर्न कुथेली बुखरी स्मल हाइड्रोपावरले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले आफ्नो साधारण सभा पुस २९ गते आयोजना गर्ने भएको छ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश गरिने छन्। कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि हाल कायम चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्ताव साधारण सभाबाट पारित भएपछि लगानीकर्तालाई लाभांश वितरण गरिनेछ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार पुस १३ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स