तिन कम्पनीले लाभांश घोषणा गरेका छन् । आइएमई लाइफ इन्स्योरेन्स लिमिटेड, कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेड र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेका हुन् ।
आइएमई लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको मंसिर २५ गते बसेको बैठकले हाल कायम चुक्ता पुँजीको १०.५२ प्रतिशतका दरले ५२ करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने निर्णय गरेको हो। उक्त लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ।
कुथेली बुखरी स्मल हाइड्रोपावरले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। मंसिर २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो। कम्पनीका अनुसार यो लाभांश विद्युत नियमन आयोगको स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारण सभाबाट पारित गराई सेयरधनीलाई वितरण गरिनेछ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने निर्णय गरेको हो। कम्पनीले जनाएको अनुसार सो लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारण सभाबाट पारित गराई सेयरधनीलाई वितरण गरिनेछ।








![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-768x432.jpg)







![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-150x150.jpg)



प्रतिकृया