कुमारी बैंकको खराब कर्जा ५ प्रतिशत माथि, कति कमायो नाफा ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २१ गते
कुमारी बैंकको खराब कर्जा ५ प्रतिशत माथि, कति कमायो नाफा ?
Advertisement Ads

कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरणअनुसार, बैंकको खुद नाफा २.०१ प्रतिशतले घटेर १ अर्ब ५ करोड ६५ लाख रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ७ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

इम्पेयरमेन्ट चार्ज बढेको कारण बैंकको नाफामा कमी आएको हो। गत वर्षको पहिलो त्रैमासमा ६३ करोड ६ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यस वर्ष बढेर १ अर्ब २६ करोड रुपैयाँमा पुगेको छ।

🔴 Quarterly Report LIVE Update [Q1]: नेप्सेमा सूचीकृत कम्पनीहरूको वित्तीय विवरणको LIVE अपडेट

पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ३.७७ प्रतिशतले बढेर २ अर्ब ९१ करोड रुपैयाँमा पुगेको छ भने कुल सञ्चालन आम्दानी १३.१२ प्रतिशतले बढेर ४ अर्ब २१ करोड रुपैयाँमा पुगेको छ। तर, आम्दानी बढेपनि सञ्चालन मुनाफा ८.११ प्रतिशतले घटेर १ अर्ब ४२ करोड रुपैयाँमा सीमित भएको छ।

बैंकको खराब कर्जा अनुपात २.०२ प्रतिशतबिन्दुले बढेर ६.९८ प्रतिशतमा पुगेको छ।

कुमारी बैंकको चुक्ता पूँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ११ अर्ब ८५ करोड ७० लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकले ३ खर्ब ६० अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ६९ अर्ब ४१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ३३ पैसा घटेर १६ रुपैयाँ ११ पैसामा झरेको छ। यस्तै, प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ २१ पैसा र मूल्य आम्दानी अनुपात ११.२६ गुणा रहेको छ।

KBL 1 https://bajarkochirfar.com/kumari-banks-bad-loans-are-above-5-percent-how-much-profit-did-it-make | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स