कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, क-कसले किन्न पाउने ?



Advertisement
Ads

कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेका ७ हजार ८८२ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीका लागि खुला गरेको छ। यो सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरिद गर्न सक्नेछन्।

इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र कुमारी क्यापिटल वा टंगालस्थित बैंकको केन्द्रीय कार्यालयमा गई आवेदन दिनुपर्नेछ। सेयरको बिक्री मूल्य बिक्रेताले तोकेको मूल्यअनुसार हुनेछ।

निर्धारित समयसीमाभित्र संस्थापक सेयरधनीबाट आवेदन नआएमा बैंकले सेयर संस्थापक समूह बाहिरका इच्छुकलाई बिक्री गर्ने प्रक्रिया अघि बढाउने जनाएको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर