SHAREHUBSHAREHUB

कुमारी बैंकले लगातार तेस्रो वर्ष लाभांश नदिने, बनायो सेयरधनीको हात खाली

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २७ गते
AdvertisementAds
कुमारी बैंकले लगातार तेस्रो वर्ष लाभांश नदिने, बनायो सेयरधनीको हात खाली
AdvertisementAds

कुमारी बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ। बैंकको कार्तिक २६ गते बसेको सञ्चालक समितिको बैठकले सो आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गरी नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको हो। सो विवरणमा लाभांश वितरण नगर्ने प्रस्ताव गरिएको बैंकले जनाएको छ।

यससँगै लगातार तीन वर्षदेखि बैंकका लगानीकर्ताहरू हात खाली भएको छ। कुमारी बैंकले आर्थिक वर्ष २०७८/७९ पछि अहिलेसम्म कुनै पनि लाभांश वितरण गरेको छैन। वित्तीय विवरण राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकले आगामी साधारण सभा बोलाउने प्रक्रिया अघि बढाउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स