कुमारी बैंक लिमिटेडले आफ्ना संस्थापक सेयर बिक्री गर्ने भएको छ। बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ३ हजार ४१ कित्ता संस्थापक सेयर बिक्रीका लागि राखेको हो।
नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार, संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीलाई दिनुपर्ने भएकाले इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।
सेयर खरिद गर्न चाहने संस्थापक सेयरधनीहरूले काठमाडौं, नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड (बैंकको सेयर रजिष्ट्रार) वा तंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिन सक्नेछन्। सेयरको बिक्री मूल्य बिक्रेताले तोकेअनुसार हुनेछ। यदि तोकिएको समयभित्र विद्यमान संस्थापक सेयरधनीबाट आवेदन नआएमा बैंकले सेयर सर्वसाधारणलाई बिक्री गर्नेछ।















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया