instainsta

दुई कम्पनीको सेयर बेच्दै एनआरएन इन्फ्रास्ट्रक्चर, कुनको कति कित्ता ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर २२ गते
दुई कम्पनीको सेयर बेच्दै एनआरएन इन्फ्रास्ट्रक्चर, कुनको कति कित्ता ?
AdvertisementAds

एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टले आफ्ना दुई कम्पनीमा रहेको कुल ६ लाख ८ हजार २०९ कित्ता संस्थापक सेयर बिक्रीका लागि सार्वजनिक गरेको छ। कम्पनीले कुमारी बैंकमा रहेको ५ लाख ३० हजार कित्ता र मेरो माइक्रोफाइनान्स लघुवित्तमा रहेको ७८ हजार २०९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।

हाललाई यी दुवै संस्थाका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र सेयर खरिदका लागि आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ। खरिद आवेदनका लागि ३५ दिनको समय प्रदान गरिएको छ।

इच्छुक संस्थापक सेयरधनीले कुमारी बैंकका सेयर खरिदका लागि काठमाडौं, टंगालस्थित बैंकको प्रधान कार्यालयमा तथा मेरो माइक्रोफाइनान्सका सेयर खरिदका लागि काठमाडौं, सीतापाइलास्थित संस्थाको सम्पर्क कार्यालयमा निवेदन दिनुपर्नेछ।

त्यसैगरी, तोकिएको अवधिभित्र संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेमा उक्त सेयर अन्य व्यक्ति तथा संस्थालाई खुला गरी बिक्री गरिने दुवै संस्थाले स्पष्ट पारेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स