खानी खोला हाइड्रोपावरले बोलायो साधारण सभा, कस्ता छन् प्रस्तावहरु ?



Advertisement
Ads

खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले माघ ३० गते १२औं वार्षिक साधारण सभा बोलाएको छ । माघ ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले धुम्रबराही भेन्यु, धुम्रबाराही, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । सञ्चालक समितिको हेरफे तथा अनुमोदन सम्बन्धमा पनि सभाले आवश्यक निर्णय गर्नेछ । कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन् ।


Advertisement

साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ १३ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा माघ १० गते बिहीबारसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्न सक्नेछन् ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर