कान्ति बाल अस्पतालले करार सेवाका लागि विभिन्न पदमा ४२ जना कर्मचारी माग गरेको छ। बिहीबार जारी गरिएको विज्ञापनअनुसार आठौं तहका मेडिकल अधिकृत २४ जना, वायोमेडिकल इन्जिनियर १ जना र पाँचौं तहका स्टाफ नर्स १७ जना आवश्यक छन्।
सबै पदका उम्मेदवारले नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ को नियम १५ (उपनियम १) अनुसार तोकिएको न्यूनतम योग्यता पूरा गरेको हुनुपर्नेछ। इच्छुक र योग्य नेपाली नागरिकले बिहीबारदेखि मंसिर १८ गतेसम्म आवेदन फाराम बुझाउन सक्नेछन्।
फाराम अस्पतालको वेबसाइटबाट डाउनलोड गरी भरेर अस्पतालमै जमा गर्नुपर्नेछ। परीक्षा शुल्क आठौं तहका लागि १,२०० रुपैयाँ र स्टाफ नर्सका लागि ७०० रुपैयाँ तोकिएको छ। छनोट प्रक्रिया लिखित परीक्षा र अन्तर्वार्तामार्फत हुने अस्पतालले जनाएको छ।


प्रतिकृया