सिद्धार्थ बैंकले म्यानेजमेन्ट ट्रेनी पदका लागि दरखास्त आह्वान गरेको छ।
यस पदका लागि व्यवसाय प्रशासन (Business), व्यवस्थापन (Management), वा अर्थशास्त्र (Economics) विषयमा मास्टर डिग्री हासिल गरी न्यूनतम ६५% अंक वा ३.२५ CGPA प्राप्त गरेका उम्मेदवारहरूले आवेदन दिन सक्नेछन्।
उमेर हदको सन्दर्भमा पुरुष उम्मेदवारको उमेर २८ वर्ष ननाघेको तथा महिला उम्मेदवारको हकमा ३३ वर्ष ननाघेको हुनुपर्नेछ।
बैंकले २० जना म्यानेजमेन्ट ट्रेनी पदका लागि आवेदन खुला गरेको छ। इच्छुक उम्मेदवारहरूले २०८१ चैत्र ३० गते साँझ ५:०० बजेभित्र आवेदन दिन सक्नेछन्।
आवेदन दिनका लागि उम्मेदवारहरूले QR कोड स्क्यान गर्न वा Siddhartha Bank | Relationship Forever वेबसाइटमा जान सक्नेछन्। थप जानकारीका लागि सिद्धार्थ बैंकको ०१-५९७००२० नम्बरमा सम्पर्क गर्न वा [email protected] इमेल पठाउन सकिन्छ।


प्रतिकृया