SHAREHUB SHAREHUB

नेपाल बैंकमा जागिर खाने अवसर, माग्यो १६३ जना कर्मचारी

Advertisement Ads
नेपाल बैंकमा जागिर खाने अवसर, माग्यो १६३ जना कर्मचारी
Advertisement Ads

नेपाल बैंकले विभिन्न पदमा १६३ जना कर्मचारी मागेको छ। यस अन्तर्गत, बैंकले प्रबन्धक पदका लागि ३ जना, उपप्रबन्धक पदमा १ जना, र सहायक प्रबन्धक पदमा ४२ जना कर्मचारी मागेको छ।

त्यसै गरी, बैंकले सहायक पदका लागि सातै प्रदेशबाट ९६ जना कर्मचारी मागेको छ। यसमा कोशी प्रदेशमा ६ जना, मधेश प्रदेशमा १६ जना, बागमती प्रदेशमा २३ जना, गण्डकी प्रदेशमा ११ जना, लुम्बिनी प्रदेशमा १७ जना, कर्णाली प्रदेशमा १७ जना, र सुदूरपश्चिम प्रदेशमा ६ जना कर्मचारी मागिएको छ।

बागमती प्रदेशमा सहायक आइटी पदका लागि १ जना र कनिष्ठ सहायक (गोल्ड टेस्टर) पदका लागि बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा ३ जना, लुम्बिनी प्रदेशमा ६ जना र कर्णाली प्रदेशमा ४ जना कर्मचारी मागिएका छन्।

इच्छुक र योग्य नेपाली नागरिकहरूले २०८२ बैशाख ४ गतेसम्म र दोब्बर दस्तुर तिरेर बैशाख ११ गतेसम्म अनलाइन आवेदन फाराम भर्न सक्नेछन्। दरखास्त शुल्क विभिन्न पदअनुसार फरकफरक निर्धारण गरिएको छ।

nepal bank vacancy https://bajarkochirfar.com/job-opportunity-at-nepal-bank-163-employees-apply | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स