सिटिजन लाइफ इन्स्योरेन्समा जागिर खाने अवसर, माग्यो ठुलो संख्यामा कर्मचारी

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २८ गते
सिटिजन लाइफ इन्स्योरेन्समा जागिर खाने अवसर, माग्यो ठुलो संख्यामा कर्मचारी

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशभरका विभिन्न शाखा कार्यालयहरूका लागि शाखा प्रमुख तथा व्यवस्थापक पदमा आवेदन खुला गरेको छ। कम्पनीले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानहरूमा शाखा प्रमुख तथा व्यवस्थापकका लागि योग्य उम्मेदवारहरूबाट आवेदन माग गरेको हो।

बागमती प्रदेशअन्तर्गत सिन्धुली, रामेछाप, कीर्तिपुर, कोटेश्वर, चनौली र भण्डारा, गण्डकी प्रदेशमा डुलेगौंडा, हेम्जा र भीमाद, लुम्बिनी प्रदेशमा कोहलपुर, लमही र भलवारी, कर्णाली प्रदेशमा दैलेख तथा सुदूरपश्चिम प्रदेशमा अत्तररिया र अछाम शाखाहरूमा अवसर उपलब्ध छ।

शाखा प्रमुखको रूपमा नियुक्त व्यक्तिले शाखा कार्यालयको समग्र व्यवस्थापन गर्नुका साथै व्यवसाय विस्तारका लागि फिल्ड फोर्सको भर्ती, तालिम तथा परिचालन गर्नुपर्नेछ। साथै, कम्पनीको व्यवसाय योजना सफल पार्न बजार विश्लेषण गरी नयाँ रणनीति अवलम्बन गर्नुपर्ने, ग्राहकलाई उच्चस्तरीय सेवा प्रदान गर्ने तथा बीमा व्यवसायको प्रवर्द्धन गर्ने जिम्मेवारी रहनेछ। इच्छुक उम्मेदवारले कुनै पनि संकायमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्छ भने सम्बन्धित क्षेत्रमा केही वर्षको अनुभव आवश्यक छ। साथै, MS Excel, Word, PowerPoint जस्ता कम्प्युटर सफ्टवेयरको आधारभूत ज्ञान भएका उम्मेदवारहरूलाई प्राथमिकता दिइनेछ।

आवेदन दिन इच्छुक उम्मेदवारहरूले आफ्नो अद्यावधिक बायोडाटा, हालसालै खिचिएको फोटो, हस्तलिखित आवेदन पत्र तथा अन्य आवश्यक कागजातहरू [email protected] इमेलमा पठाउनु पर्नेछ। इमेलको विषय (Subject) मा रोजेको स्थान/शहर तथा पद स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ। आवेदन दिने अन्तिम मिति चैत्र १० रहेको छ।

483366238 1057691213069686 3568962232581419001 n https://bajarkochirfar.com/job-opportunity-at-citizen-life-insurance-large-number-of-employees-sought | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स