एसईई पास भएकाहरुलाई डिप्रोक्स लघुवित्तमा जागिर खुल्यो, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?



डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कनिष्ठ सहायक पदका लागि ४० जना कर्मचारीको आवश्यकता रहेको छ। यस पदका लागि कम्तीमा एसईई वा सो सरहको परीक्षा उत्तीर्ण हुनुपर्नेछ भने प्लस टु गरेका उम्मेदवारलाई प्राथमिकता दिइनेछ।

साथै, लघुवित्त क्षेत्रमा कम्तीमा ६ महिनादेखि काम गरेको अनुभव आवश्यक छ। कम्प्युटर ज्ञान र मोटरसाइकल लाइसेन्स भएका उम्मेदवारलाई पनि प्राथमिकता दिइनेछ। उमेरको हद पुरुषका लागि १८ वर्ष पूरा गरी ३५ वर्ष ननाघेको र महिलाका लागि ४० वर्ष ननाघेको हुनुपर्नेछ।


Advertisement

आवेदन प्रक्रिया दुई चरणमा हुनेछ — लिखित परीक्षा र अन्तर्वाता। इच्छुक तथा योग्य व्यक्तिले आवश्यक कागजातसहित असार १६ गतेभित्र आवेदन दिनुपर्नेछ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर