SHAREHUBSHAREHUB

एसईई पास भएकाहरुलाई डिप्रोक्स लघुवित्तमा जागिर खुल्यो, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?

AdvertisementAds
एसईई पास भएकाहरुलाई डिप्रोक्स लघुवित्तमा जागिर खुल्यो, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?
AdvertisementAds

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कनिष्ठ सहायक पदका लागि ४० जना कर्मचारीको आवश्यकता रहेको छ। यस पदका लागि कम्तीमा एसईई वा सो सरहको परीक्षा उत्तीर्ण हुनुपर्नेछ भने प्लस टु गरेका उम्मेदवारलाई प्राथमिकता दिइनेछ।

साथै, लघुवित्त क्षेत्रमा कम्तीमा ६ महिनादेखि काम गरेको अनुभव आवश्यक छ। कम्प्युटर ज्ञान र मोटरसाइकल लाइसेन्स भएका उम्मेदवारलाई पनि प्राथमिकता दिइनेछ। उमेरको हद पुरुषका लागि १८ वर्ष पूरा गरी ३५ वर्ष ननाघेको र महिलाका लागि ४० वर्ष ननाघेको हुनुपर्नेछ।

आवेदन प्रक्रिया दुई चरणमा हुनेछ — लिखित परीक्षा र अन्तर्वाता। इच्छुक तथा योग्य व्यक्तिले आवश्यक कागजातसहित असार १६ गतेभित्र आवेदन दिनुपर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स