युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले विभिन्न विभाग र पदहरूमा कर्मचारी माग गरेको छ। कम्पनीले विपणन विभागमा जुनियर असिस्टेन्टदेखि म्यानेजर तहसम्मका लागि केही संख्यामा कर्मचारी माग गरेको छ भने वित्त विभागमा असिस्टेन्ट फाइनान्स हेड र जोखिम तथा आन्तरिक नियन्त्रण विभागमा एक जना एक्चुअरीअल एनालिष्टको माग गरिएको छ।
म्यानेजर पदका लागि न्यूनतम ५–६ वर्ष, अधिकृत पदका लागि ३–५ वर्ष र सहायक पदका लागि १–२ वर्षको अनुभवसहित सम्बन्धित विषयमा शैक्षिक योग्यता हासिल गरेका उम्मेदवारहरूले आवेदन दिन सक्नेछन्। सहायक तहका लागि १०+२ उत्तीर्ण अनिवार्य छ भने स्नातकलाई प्राथमिकता दिइनेछ। म्यानेजर र अधिकृत पदका लागि स्नातक अनिवार्य छ। असिस्टेन्ट फाइनान्स हेडका लागि चार्टर्ड एकाउन्टेन्सी उत्तीर्ण अनिवार्य छ भने बीमा क्षेत्रमा अनुभव भएकालाई प्राथमिकता दिइनेछ।
यस्तै, एक्चुअरीअल एनालिष्ट पदका लागि गणितशास्त्रमा (एक्चुअरी साइन्स मेजर) स्नातक तह पूरा गरेका उम्मेदवार आवश्यक छन्, र बीमा क्षेत्रमा इन्टर्नशिप गरेको अनुभवलाई प्राथमिकता दिइनेछ। इच्छुक उम्मेदवारले आवेदन पत्र, बायोडाटा, नागरिकता, शैक्षिक तथा अनुभव प्रमाणपत्र र पासपोर्ट साइज फोटोसहित यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र [email protected] मा इमेल गरेर आवेदन दिन सक्नेछन्।


प्रतिकृया