सानिमा बैंकले सूचना सुरक्षासम्बन्धी जिम्मेवारी सम्हाल्न सक्ने, सिर्जनशील, प्रेरित, परिणाममुखी र दक्ष नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरेको छ। बैंकले सूचना सुरक्षा विभागका लागि अधिकृतदेखि सिनियर अधिकृत तहसम्मको पदमा कर्मचारी माग गरेको हो। यस पदका लागि उम्मेदवारले कम्प्युटर साइन्स वा सम्बन्धित विषयमा स्नातकोत्तर उपाधि प्राप्त गरेको हुनुपर्छ भने CEH, CISA, CISSP वा CISM मध्ये कुनै एक प्रमाणपत्र अनिवार्य छ। उम्मेदवारको उमेर २०८२ साल जेठ ४ गतेसम्म ४० वर्ष ननाघेको हुनुपर्छ र कम्तीमा पाँच वर्षको सम्बन्धित क्षेत्रमा कार्यानुभव भएको हुनु आवश्यक छ।
बैंकका अनुसार उम्मेदवारले सूचना सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न, जोखिम मूल्याङ्कन गर्न, कमजोरीहरू पहिचान गरी सुधारका उपायहरू सिफारिस गर्न सक्नुपर्नेछ। साथै, Firewalls, SIEM, Antivirus, IDS/IPS जस्ता प्रविधिको प्रयोगमार्फत बैंकको समग्र सूचना सुरक्षा प्रणाली सुदृढ बनाउन सक्ने नेतृत्वदायी क्षमता हुनुपर्नेछ। चुनौतीको समाधान खोज्न उत्साही र नवीन सुरक्षात्मक उपायहरू कार्यान्वयन गर्न सक्षम पेशेवर उम्मेदवारलाई प्राथमिकता दिइनेछ।
इच्छुक उम्मेदवारहरूले व्यक्तिगत तथा व्यावसायिक विवरण स्पष्ट रूपमा उल्लेख गर्नुका साथै हाल कार्यरत संस्थाको नाम पनि खुलाउनुपर्नेछ। आफ्नो वर्तमान पदभन्दा दुई तहभन्दा बढी माथिको पदमा आवेदन नदिन बैंकले सुझाव दिएको छ। लामाे अनुभव भएका उम्मेदवारकाे हकमा शैक्षिक योग्यतालाई दोस्रो प्राथमिकतामा राखिनेछ। आवेदन दिनको अन्तिम म्याद २०८२ साल जेठ ४ गते साँझ ५:०० बजेभित्र रहेको छ। विस्तृत जानकारी तथा अनलाइन आवेदनका लागि इच्छुक उम्मेदवारहरूले https://career.sanimabank.com मा गई “Apply Online” मा क्लिक गर्न सक्नेछन्।


प्रतिकृया