नेपाल बैंक लिमिटेडले पूर्व नेपाली सेना, भारतीय गोर्खा, बेलायती गोर्खा वा सशस्त्र प्रहरी बलबाट अवकाशप्राप्त (प्राविधिकतर्फ सेवा नगरेका) सुरक्षाकर्मीहरूका लागि करार सेवामा सुरक्षासम्बन्धी पदहरूमा आवेदन खुला गरेको छ।
आवेदन २०८२ जेष्ठ १० देखि २४ गतेसम्म बैंकको वेबसाइटमार्फत अनलाइन दिन सकिन्छ। मधेश, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पदहरू रिक्त छन्। न्यूनतम योग्यता सुवेदार वा सो सरह, पाँच वर्ष ननाघेको अवकाश अवधि, सेवामा अभियोग नलागेको र अधिकतम उमेर ५३ वर्ष तोकिएको छ।
परीक्षा लिखित र अन्तर्वार्ता हुनेछ भने तलब सुविधा बैंकको नियमानुसार हुनेछ। दरखास्त दस्तुर रु. ८०० अनलाइन माध्यमबाट तिर्नुपर्नेछ। विवरण र पाठ्यक्रम www.nepalbank.com.np मा उपलब्ध छ।













![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया