प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमाथि प्रश्न उठेपछि गृहमन्त्री सुधन गुरुङले स्पष्टीकरण दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो सम्पत्तिको बचाउ गर्दै लेखेका छन्, “तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो।” साथै उनले “सरकारमा आउनुअघि बिना भ्रष्टाचार कमाउनु पाप होइन, सरकारमा आएर भ्रष्टाचार गरेर कमाउनु पाप हो” भन्दै आलोचनाको प्रतिवाद गरेका छन्।
सार्वजनिक विवरणअनुसार मन्त्री गुरुङसँग धनकुटा, चितवन र गोरखामा उल्लेख्य जग्गा रहेको छ। विवरणमा धनकुटामा १९ रोपनी, चितवनमा ३० कट्ठा र गोरखामा २२१ रोपनी जग्गा रहेको उल्लेख छ। त्यस्तै, उनको बैंक खातामा करिब ६० लाख रुपैयाँ मौज्दात रहेको छ भने विभिन्न कम्पनीमा करिब साढे चार करोड रुपैयाँ बराबरको सेयर लगानी रहेको देखिन्छ।
यसैगरी, उनको नाममा एउटा कार रहेको र चल सम्पत्तितर्फ ८९ तोला सुन तथा ६ किलो चाँदी रहेको विवरणमा उल्लेख गरिएको छ। मन्त्री गुरुङले आफ्नो अधिकांश सम्पत्ति पैतृक रूपमा प्राप्त भएको दाबी गरेका छन्।


प्रतिकृया