चालु आर्थिक वर्षको आठ महिनामा नेपालमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) ३.७५ प्रतिशतमा झरेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, फागुन महिनासम्म मुद्रास्फीति घटेको देखिएको छ। माघ महिनामा यो दर ४.१६ प्रतिशत थियो, जबकि अघिल्लो वर्षको सोही अवधिमा मुद्रास्फीति ४.८२ प्रतिशत थियो। यस वर्षको फागुन महिनामा, अघिल्लो वर्षको तुलनामा मुद्रास्फीति १.०७ प्रतिशतले घटेको छ। राष्ट्र बैंकका तथ्यांक अनुसार, एक महिनामा महंगी दर ०.४१ प्रतिशतले घटेको हो।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.३४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९७ प्रतिशत रहेको छ। यस बीचमा, खाद्य र पेय पदार्थ समूहअन्तर्गत घ्यू र तेलको मूल्यवृद्धि १३.७४ प्रतिशत, दाल र गेडागुडीको ७.८० प्रतिशत, फलफूलको ६.८२ प्रतिशत र गैर-मदिराजन्य पेय पदार्थको ५.१५ प्रतिशत छ।
यता, मरमसला उप–समूहको मूल्यवृद्धि ५.१७ प्रतिशतले घटेको छ, तरकारीको मूल्य १.२४ प्रतिशत र माछा तथा मासुको मूल्य ०.७४ प्रतिशतले घटेको देखिएको छ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु र सेवाहरूको मुद्रास्फीति १०.१४ प्रतिशत, कपडा र जुत्ता चप्पलको ७.०१ प्रतिशत, मदिराजन्य पेय पदार्थको ६.०७ प्रतिशत, फर्निसिङ र घरायसी उपकरणको ५.५९ प्रतिशत र यातायातको ५.०७ प्रतिशतले बढेको छ।
ग्रामीण क्षेत्रको वार्षिक उपभोक्ता मूल्य सूचकाङ्क ४.१८ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको वार्षिक सूचकाङ्क ३.६० प्रतिशतले वृद्धि भएको छ। प्रदेशगत हिसाबले, कोशी प्रदेशको मुद्रास्फीति ५.६८ प्रतिशत, मधेश प्रदेशको ३.५२ प्रतिशत, बागमती प्रदेशको २.९८ प्रतिशत, गण्डकी प्रदेशको २.७७ प्रतिशत, लुम्बिनी प्रदेशको ३.७७ प्रतिशत, कर्णाली प्रदेशको ३.८० प्रतिशत र सुदूरपश्चिम प्रदेशको ४.४१ प्रतिशत रहेको छ।
काठमाडौं उपत्यकामा फागुन महिनासम्म मुद्रास्फीति ३.२५ प्रतिशत रहेको छ, तराईमा ३.७७ प्रतिशत, पहाडी क्षेत्रमा ३.७२ प्रतिशत र हिमाली क्षेत्रमा ४.७७ प्रतिशत देखिएको छ।
















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया