उद्योगमन्त्री यादवले दिइन् राजीनामा

उद्योगमन्त्री यादवले दिइन् राजीनामा
Advertisement Ads

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गोरीकुमारी यादवले राजीनामा दिएकी छन्। ग्यास आपूर्ति सहज बनाउन नसकेपछि विवादमा परेकी यादवले आज प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) समक्ष राजीनामा बुझाएकी हुन्।

बुधबार बसेको संसदीय समितिको बैठकमा मन्त्री यादवले उद्योगी र कर्मचारीबीचको मिलेमतोका कारण ग्यास क्षेत्रमा आवश्यक सुधार गर्न नसकिएको आरोप लगाएकी थिइन्। उनको उक्त अभिव्यक्तिपछि एलपी ग्यास उद्योगीहरू असन्तुष्ट बनेका थिए।

काठमाडौं उपत्यकामा दैनिक करिब ३५ हजारदेखि ४० हजार सिलिन्डर ग्यास खपत हुने भए पनि पछिल्लो समय मागअनुसार आपूर्ति हुन नसक्दा बजारमा अभाव देखिएको छ। आपूर्ति प्रभावित भएपछि ग्यासको कालोबजारीसमेत बढेको बताइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स