instainsta

चार अर्ब ७१ करोडमा वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालन गर्ने जिम्मा भारतीय कम्पनीले पायो

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र १९ गते
चार अर्ब ७१ करोडमा वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालन गर्ने जिम्मा भारतीय कम्पनीले पायो
AdvertisementAds

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले आगामी पाँच वर्षका लागि वीरगञ्जको सुक्खाबन्दरगाह सञ्चालन र व्यवस्थापनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालिलाई चार अर्ब ७१ करोडको लागतमा दिने निर्णय गरेका छन्।

समितिका अनुसार, सुक्खाबन्दरगाहको व्यवस्थापन र सञ्चालनका लागि आह्वान गरिएको बोलपत्रमा प्राविधिक मूल्याङ्कनका आधारमा कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेड र प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालि छनोट भएका थिए। यद्यपि, कन्टेनर कर्पोरेसन अफ इन्डिया प्रालिले चार अर्ब ५१ करोडको बोलकबोल गरेको थियो।

प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालिसँग ठेक्का सम्झौता भएपछि कम्पनीले आगामी साउनदेखि पाँच वर्षसम्म सुक्खाबन्दरगाहको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी पाउनेछ। यस अघि, सोही कम्पनीले रु तीन अर्ब ३३ करोड लागतमा पाँच वर्षका लागि बन्दरगाह व्यवस्थापन र सञ्चालनको ठेक्का पाएको थियो।

वीरगञ्जको सिर्सियास्थित यो सुक्खाबन्दरगाह ५७ बिघा क्षेत्रफलमा फैलिएको छ, जहाँ केवल कार्गो रेलमार्फत मालसामान ल्याइन्छ। यो बन्दरगाह २००० मा विश्व बैंकको ऋण सहयोगमा ८२ करोडको लागतमा निर्माण भएको हो। भारत सरकारले रु २० करोडको लागतमा रक्सौलदेखि बन्दरगाहसम्म रेल लिङ्क निर्माण गरेको छ।

वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा ३२ अर्ब ३२ करोड राजस्व संकलन गरेको छ, जबकि अघिल्लो वर्ष यस कार्यालयले ४७ अर्ब ३१ करोड राजस्व संकलन गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स