समयमा गभर्नर नियुक्त गर्न नसक्ने नालायक सरकार सुध्रेन भने देश छिट्टै बंगलादेश र श्रीलंका बन्छ: नेता सिंह



Advertisement
Ads

राप्रपा नेता दीपकबहादुर सिंहले सरकारलाई कडा चेतावनी दिएका छन्। बल्खुमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले वर्तमान सरकारलाई नालायक र भ्रष्टाचारीहरूको संरक्षणमा लागेको आरोप लगाए। सिंहले भने, “देश समाप्त हुने स्थितिमा पुगिसकेको छ। भ्रष्टाचारले देशलाई चुर्लुम्म डुबाईसकेको छ।”

उनले उदाहरण दिँदै भने, “एक महिना अघि राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्नुपर्ने भए पनि सरकारले यसमा असफलता देखाएको छ, यो नालायक सरकारको प्रमाण हो।” सिंहले सरकारलाई चेतावनी दिँदै भने, “यदि सरकार सुधारिएन भने, नेपाली जनताले बंगलादेश र श्रीलंकाको अवस्था ल्याउनेछन्।”


Advertisement

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर