आइसीएफसी फाइनान्सको डिबेन्चरमा आवेदनको ओइरो: कति गूणा बढी माग ?



Advertisement
Ads

आइसिएफसि फाइनान्स लिमिटेडले निष्काशन गरेको ‘९ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८८’ ऋणपत्र ओभर सब्स्क्राइभ भएको छ। शुक्रबार बिहान १० बजेसम्म ऋणपत्रमा ४.०६६ गुणा बढी आवेदन परेको छ।


Advertisement

कम्पनीले १ हजार अंकित दरमा १ लाख २० हजार कित्ता सर्वसाधारणका लागि ऋणपत्र निष्काशन गरेको थियो। हालसम्म ६ हजार ६२९ जना आवेदकबाट ४ लाख ८७ हजार ९३८ कित्ताको लागि आवेदन दिइसकेका छन्।ऋणपत्रमा न्यूनतम २५ कित्ताका लागि आवेदन दिन सकिनेछ र अधिकतम १ लाख २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।


Advertisement

ऋणपत्र निष्काशनका लागि गरिएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले फाइनान्सलाई केयर एनपी त्रिपल बी माइनस प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पूरा गर्नमा मध्यम जोखिम रहेको संकेत गर्दछ। कम्पनीले यो ऋणपत्र ७ वर्ष अवधिका लागि जारी गरेको हो। यसमा लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याज प्राप्त गर्नेछन्।कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ।

ऋणपत्रमा  माघ १३ गतेसम्म आवेदन दिन सकिनेछ।लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सेवामा सहभागी बैंक र वित्तीय संस्थाहरूका तोकिएका शाखा कार्यालयहरूबाट सी आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर