रु रु जलविद्युत परियोजना लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। यस अवधिमा कम्पनीको खुद नाफा १.९२ प्रतिशतले बढेर ६ करोड ७६ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो रकम ५ करोड ८९ लाख ४५ हजार रुपैयाँ थियो।
पुस मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीबाट ९ करोड २२ लाख ८७ हजार रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०.९९ प्रतिशतले मात्र बढी हो। अघिल्लो वर्ष यस अवधिमा विद्युत बिक्री आम्दानी ९ करोड १३ लाख ८५ हजार रुपैयाँ थियो।
नाफा सामान्य बढे पनि कम्पनीको प्रतिसेयर आम्दानी घटेको छ। समीक्षा अवधिमा कम्पनीको ईपिएस २ रुपैयाँ ७२ पैसा घटेर २१ रुपैयाँ १८ पैसामा सिमित भएको छ। यस्तै प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ रहेको छ।
पुस मसान्तसम्म कम्पनीको चुक्ता पुँजी ५६ करोड ७३ लाख रुपैयाँ छ भने जगेडा कोषमा १६ करोड ४५ लाख रुपैयाँ सञ्चित रहेको छ।



















प्रतिकृया