रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले १२ प्रतिशत लाभांश वितरण प्रयोजनका लागि जेठ २६ गते बुक क्लोज गर्दैछ। जस अनुसार, जेठ २५ गतेसम्म कायम रहेका सेयरधनीहरू मात्र लाभांश पाउन योग्य हुनेछन्।
उक्त लाभांश पारित गर्न कम्पनीले असार २ गते वार्षिक साधारण सभा बोलाएको छ। सभा काठमाडौँको भाटभटेनीस्थित आम्रपाली ब्यांकेटमा बिहान ११ बजे सुरु हुनेछ। सभाले हालको चुक्ता पूँजीको १२ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, सभा मार्फत प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गरिनेछ।


















![अर्थमन्त्री फेरिंदैछन् ? सेयर बजारले के चाहेको छ ? [भिडिओसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/o1QyWIoiIVA-maxresdefault-150x150.jpg)
प्रतिकृया