insta insta

प्रतिनिधि सभा बैठक आज बस्दै, अर्थमन्त्री पौडेलले तीन विधेयक पेश गर्ने

प्रतिनिधि सभा बैठक आज बस्दै, अर्थमन्त्री पौडेलले तीन विधेयक पेश गर्ने
Advertisement Ads

आज (आइतबार) बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्ने भएको छ। संघीय संसद सचिवालयका अनुसार बैठकमा व्यवस्थापनसम्बन्धी कार्यसूची समावेश गरिएको छ।

बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१’, तथा ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

यी विधेयकहरू बैठकको कार्यसूचीमा समावेश रहेको संसद सचिवालयले जानकारी दिएको छ।

newskarkahna news830950 https://bajarkochirfar.com/house-of-representatives-meeting-to-be-held-today-finance-minister-poudel-to-present-three-bills | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स