हिमालयन लघुवित्तको बम्पर रिपोर्ट: नाफा ३६९ प्रतिशतले उकालो, ईपीएसमा फड्को

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख १२ गते
हिमालयन लघुवित्तको बम्पर रिपोर्ट: नाफा ३६९ प्रतिशतले उकालो, ईपीएसमा फड्को

हिमालयन लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार संस्थाको खुद नाफा ३६९.३४ प्रतिशतले बढेर ५ करोड ३४ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले १ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी ५३.०७ प्रतिशतले बढेर २४ करोड ४७ लाख रुपैयाँमा पुगेको छ भने सञ्चालन आम्दानी ४३.०५ प्रतिशतले बढेर २८ करोड ९७ लाख रुपैयाँमा पुगेको छ। खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा खुद नाफा बढेको हो। इम्पेयरमेन्ट चार्ज १९ लाख रुपैयाँबाट बढेर ६८ लाख २२ हजार रुपैयाँमा पुगेको छ।

यो पनि पढ्नुहोस्: खराब कर्जा र इम्पेयरमेन्ट चार्ज बढ्दा पनि मेरो माइक्रोफाइनान्सको नाफा कसरी बढ्यो? | BAJARKO CHIRFAR

 

खराब कर्जा अनुपात ०.७३ प्रतिशतबिन्दुले बढेर ५.३४ प्रतिशत पुगेको छ।

संस्थाको चुक्ता पूँजी ३१ करोड ९८ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा १ करोड ११ लाख रुपैयाँ र जगेडा कोषमा १३ करोड २८ लाख रुपैयाँ सञ्चित छ।

संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) १७.५५ रुपैयाँले बढेर २२.३० रुपैयाँमा पुगेको छ। यस्तै प्रतिसेयर नेटवर्थ १२९.४८ रुपैयाँ रहेको छ।

अन्य कम्पनीहरुको तेस्रो त्रैमासको वित्तीय विवरण पढ्न यहाँ क्लिक गर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स