हिमालयन लघुवित्तको बम्पर रिपोर्ट: नाफा ३६९ प्रतिशतले उकालो, ईपीएसमा फड्को
हिमालयन लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार संस्थाको खुद नाफा ३६९.३४ प्रतिशतले बढेर ५ करोड ३४ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले १ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी ५३.०७ प्रतिशतले बढेर २४ करोड ४७ लाख रुपैयाँमा पुगेको छ भने सञ्चालन आम्दानी ४३.०५ प्रतिशतले बढेर २८ करोड ९७ लाख रुपैयाँमा पुगेको छ। खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा खुद नाफा बढेको हो। इम्पेयरमेन्ट चार्ज १९ लाख रुपैयाँबाट बढेर ६८ लाख २२ हजार रुपैयाँमा पुगेको छ।
यो पनि पढ्नुहोस्: खराब कर्जा र इम्पेयरमेन्ट चार्ज बढ्दा पनि मेरो माइक्रोफाइनान्सको नाफा कसरी बढ्यो? | BAJARKO CHIRFAR
खराब कर्जा अनुपात ०.७३ प्रतिशतबिन्दुले बढेर ५.३४ प्रतिशत पुगेको छ।
संस्थाको चुक्ता पूँजी ३१ करोड ९८ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा १ करोड ११ लाख रुपैयाँ र जगेडा कोषमा १३ करोड २८ लाख रुपैयाँ सञ्चित छ।
संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) १७.५५ रुपैयाँले बढेर २२.३० रुपैयाँमा पुगेको छ। यस्तै प्रतिसेयर नेटवर्थ १२९.४८ रुपैयाँ रहेको छ।