खराब कर्जा र इम्पेयरमेन्ट चार्ज बढ्दा पनि मेरो माइक्रोफाइनान्सको नाफा कसरी बढ्यो?

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख १२ गते
खराब कर्जा र इम्पेयरमेन्ट चार्ज बढ्दा पनि मेरो माइक्रोफाइनान्सको नाफा कसरी बढ्यो?

मेरो माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार संस्थाको खुद नाफा ४.४५ प्रतिशतले बढेर १२ करोड ९३ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा संस्थाले १२ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी २१.१७ प्रतिशतले बढेर ७३ करोड ८२ लाख रुपैयाँमा पुगेको छ भने सञ्चालन नाफा ५ प्रतिशतले बढेर १८ करोड ४६ लाख रुपैयाँमा पुगेको छ। इम्पेयरमेन्ट चार्ज ३९ लाख रुपैयाँबाट बढेर १ करोड २४ लाख रुपैयाँमा आएको छ।

इम्पेयरमेन्ट चार्ज बढेपनि खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा खुद नाफा बढेको हो।

समीक्षा अवधिमा संस्थाको खराब कर्जा अनुपात १.८८ प्रतिशतबिन्दुले बढेर ९.४९ प्रतिशत पुगेको छ।

संस्थाको वितरणयोग्य नाफा १३ लाख रुपैयाँ ऋणात्मक र जगेडा कोषमा ७६ करोड ४३ लाख रुपैयाँ सञ्चित छ।

संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ०.३६ रुपैयाँले घटेर १२.१५ रुपैयाँमा आएको छ। यस्तै प्रतिसेयर नेटवर्थ १५२.९१ रुपैयाँ रहेको छ।

अन्य कम्पनीहरुको तेस्रो त्रैमासको वित्तीय विवरण पढ्न यहाँ क्लिक गर्नुहोस्!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स