हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा



Advertisement
Ads

हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को नाफाबाट १४ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले १४ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।तर, कम्पनीले बोनस सेयरमा लाग्ने कर भने सेयरधनी आफैंले तिर्नुपर्ने जनाएको छ ।


Advertisement

प्रचलित कानुनी व्यवस्थाबमोजिम बोनस सेयरमा लाग्ने करबापतको रकम स्वयं सेयरधनीहरुले भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएको छ । प्रस्तावित लाभांश नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीहरुलाई वितरण गरिनेछ ।


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर