हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले फागुन ११ गते, आइतबार आफ्नो १७ औं वार्षिक साधारण सभा बोलाएको छ । सभा बिहान १०:३० बजे काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड बैंक्वेटमा सुरु हुनेछ।
सभामा कम्पनीले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्नेछ। बोनस सेयरमा लाग्ने कर भने सेयरधनी आफैंले तिर्नुपर्ने छ।
त्यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विषयमा छलफल हुनेछ। आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबमा छलफल गरी अनुमोदन गरिनुका साथै आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने विषय पनि एजेन्डामा समावेश गरिएको छ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि माघ २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।
यसअनुसार, माघ २४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीहरू सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।
















प्रतिकृया