हेटौँडा सिमेन्ट उद्योग चैत तेस्रो सातादेखि पुनः सञ्चालनमा आउने

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र १२ गते
हेटौँडा सिमेन्ट उद्योग चैत तेस्रो सातादेखि पुनः सञ्चालनमा आउने

लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योग चैत तेस्रो सातादेखि पुनः उत्पादनमा फर्किने भएको छ। उद्योगका निमित्त महाप्रबन्धक ईञ्जिनियर नविनकुमार कर्णका अनुसार मेशिन मर्मत सम्पन्न भइसकेको, आवश्यक कच्चा पदार्थ सुनिश्चित भएको र कर्मचारीहरू काम गर्न सहमत भएकाले उत्पादन पुनः सुरु गर्न तयारी गरिएको छ।

कर्णका अनुसार, उद्योगमा जडान गरिएका पुराना मेशिनहरू बिग्रिएको कारण मर्मत गर्न केही समय लागेको थियो। अहिले नयाँ मेशिन जडान आवश्यक देखिएपनि आर्थिक अभावका कारण तत्काल सम्भव नभएपछि मर्मत गरेर उत्पादन थाल्न लागिएको हो।

उद्योग सञ्चालनका लागि कच्चा पदार्थको सुनिश्चितता भइसकेको छ। हाल उद्योगसँग करिब १०० टन कोइला मौज्दात रहेको छ भने थप कोइला भोलिदेखि आउनेछ। कोइलाको भुक्तानी बाँकी रहेकाले आपूर्तिकर्तासँग सहमति गरी उद्योग सञ्चालनको पहल गरिएको छ।

उद्योग सञ्चालनका लागि नेपाल विद्युत् प्राधिकरणले नियमित विद्युत् आपूर्तिको प्रतिबद्धता जनाइसकेको छ।

गत असोज १५ गतेदेखि उद्योगका विभिन्न उपकरण मर्मत गर्नुपर्ने भएकाले उत्पादन बन्द गरिएको थियो। उद्योग बन्द हुँदा कर्मचारीहरूले तीन महिनादेखि तलब भत्ता पाएका छैनन्। विसं २०३३ मा स्थापना भई २०४३ देखि उत्पादन सुरु गरेको हेटौँडा सिमेन्ट उद्योग आर्थिक संकटका कारण पटकपटक प्रभावित हुँदै आएको छ।

गत भदौ महिनाको तेस्रो साताबाट उद्योग पुनः सञ्चालन भए पनि मेशिन मर्मत आवश्यक परेपछि असोज १५ गतेदेखि पुनः बन्द भएको थियो। दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन क्षमता रहेको यस उद्योगले आर्थिक समस्याका बाबजुद पनि उत्पादन पुनः सञ्चालन गर्ने तयारी गरेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स