SHAREHUBSHAREHUB

आठौं तह सरह भत्ता नदिने मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने स्वास्थ्यमन्त्री पौडेलको चेतावनी

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख १९ गते
AdvertisementAds
आठौं तह सरह भत्ता नदिने मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने स्वास्थ्यमन्त्री पौडेलको चेतावनी
AdvertisementAds

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले आवासीय चिकित्सकलाई आठौं तह सरहको भत्ता नदिने निजी मेडिकल कलेजलाई स्वास्थ्य मन्त्रालयबाट कुनै सुविधा नदिने चेतावनी दिएका छन्।

उनले चिकित्सा शिक्षा आयोगको माघ २५ गतेको निर्णयअनुसार मासिक ४८ हजार ७३७ रुपैयाँको भत्ता अनिवार्य रूपमा दिनुपर्ने स्पष्ट पारे। उक्त निर्णय कार्यान्वयन नगरे राज्यसँगको सम्बन्ध तोडिने र सम्बन्धनसमेत खारेज हुन सक्ने बताए।

साथै, उनले हप्तामा ७२ घण्टा काम, किरिया र सरकारी बिदा जस्ता व्यवस्थामा मन्त्रालय सकारात्मक रहेको पनि उल्लेख गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स