ग्रीनेदी इनर्जी लिमिटेडले आफ्ना स्थानियबासी तथा सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन (आईपिओ) मार्फत सेयर उपलब्ध गराउने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। उक्त नियुक्ति सम्बन्धी सम्झौतामा मङ्सिर १ गते हस्ताक्षर भएको हो। ग्रीनेदी इनर्जीका अध्यक्ष युरेश मान कायस्थ र प्रभु क्यापिटलका प्रबन्ध सञ्चालक आशिष गौचनले सम्झौतामा हस्ताक्षर गरेका छन्।
कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशत साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा सर्वसाधारणलाई निष्काशन गर्ने योजना बनाएको छ। ग्रीनेदी इनर्जी कास्की जिल्लामा अवस्थित ईदी खोला जलविद्युत आयोजना संचालन गर्दै आएको छ, जसको निर्माण सम्पन्न भई २०८२ वैशाख ८ गतेदेखि व्यापारिक उत्पादन सुरु भइसकेको छ। आयोजनामा बैंकिङ, जलविद्युत, बिमा र पूँजी बजार क्षेत्रमा विशेषज्ञता हासिल गरेका व्यक्तिहरूको समूह संलग्न छ। आयोजनाको हाईड्रोलोजी क्यु ६५ संरचनामा निर्माण भएको हो।





















प्रतिकृया