फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप लगायतका सामाजिक सञ्जाल नेपालमा दर्ता नगरे बन्द गर्ने सरकारको चेतावनी

फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप लगायतका सामाजिक सञ्जाल नेपालमा दर्ता नगरे बन्द गर्ने सरकारको चेतावनी
AdvertisementAds

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने चेतावनी दिएका छन्।

मन्त्री गुरुङले भने कि नेपालमा हाल दर्ता भएर सञ्चालनमा आएको केवल टिकटक मात्र रहेको छ, जबकि मेटा (फेसबुक), इन्स्टाग्राम, ह्वाट्सएप लगायतका अन्य सामाजिक सञ्जाललाई पनि दर्ताका लागि आह्वान गरिएको छ। यदि यी सञ्जालहरूले दर्ता नगरे नेपालमा चल्न नदिने चेतावनी दिएका छन्।

सञ्चारमन्त्री गुरुङले देशमा बढ्दो साइबर क्राइमका घटनाहरूको नियन्त्रणका लागि साइबर क्राइम नियन्त्रण ऐनको मस्यौदा तयारी भइरहेको जानकारी पनि दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स