instainsta

सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र १८ गते
सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने
AdvertisementAds

सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैत १९ गते मंगलबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

राष्ट्रपतिले स्वीकृति दिएपछि अधिवेशन औपचारिक रूपमा समापन हुनेछ।

त्यस्तै, मन्त्रिपरिषद्ले म्यानमारमा गएको भूकम्पबाट प्रभावितहरूलाई राहत सामग्री पठाउने निर्णय समेत गरेको छ। मन्त्री गुरुङका अनुसार नेपालले पीडितहरूको सहयोगका लागि तत्काल राहत उपलब्ध गराउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स