सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने



Advertisement
Ads

सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैत १९ गते मंगलबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

राष्ट्रपतिले स्वीकृति दिएपछि अधिवेशन औपचारिक रूपमा समापन हुनेछ।


Advertisement

त्यस्तै, मन्त्रिपरिषद्ले म्यानमारमा गएको भूकम्पबाट प्रभावितहरूलाई राहत सामग्री पठाउने निर्णय समेत गरेको छ। मन्त्री गुरुङका अनुसार नेपालले पीडितहरूको सहयोगका लागि तत्काल राहत उपलब्ध गराउनेछ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर