उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालमा बौद्धिक सम्पत्तिसम्बन्धी नयाँ कानुन निर्माण प्रक्रिया तीव्र गतिमा अघि बढाइरहेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित ‘बौद्धिक सम्पत्ति दिवस’ कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने लक्ष्यसहित नयाँ कानुन आवश्यक भएको बताए। उनका अनुसार, सरकारले नेपाली मौलिकता समेटिएको सिर्जनात्मक सम्पत्तिलाई लिपिबद्ध गर्दै पेटेन्ट अधिकार सुरक्षित गर्ने तयारी गरेको छ।
हाल छलफलमा रहेको बौद्धिक सम्पत्तिसम्बन्धी कानुनलाई चाँडै मन्त्रिपरिषद्बाट निर्णय गराएर संसदमा पेश गर्ने योजना रहेको मन्त्री भण्डारीले भने।
पेटेन्ट राइट्सबारे अहिले भइरहेको कानुनले सम्बन्धित विषयमा आएका उजुरीका विषयमा मात्रै अल्झाइरहेको उनको भनाइ छ। उनले नेपालभन्दा पछि रहेका कतिपय देशहरूले समयमै पेटेन्ट अधिकार सुरक्षित गरेर विश्व बजारमा फाइदा उठाएको उदाहरण प्रस्तुत गरे।
मन्त्री भण्डारीले व्यवसायी र सरकारबीचको बुझाइको फरक, साथै न्यायालयको फरक व्याख्याका कारण बौद्धिक सम्पत्ति संरक्षणमा समस्या आएको बताए। साथै, पुर्खाले सिर्जना गरेका थुप्रै बौद्धिक सम्पत्तिहरूको नाममा संस्था खोलिए पनि ती सिर्जनाहरूको पेटेन्ट अधिकार सुरक्षित गर्न अझै ध्यान नपुगेको उल्लेख गरे।
















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया