आन्दोलन नछाडेसम्म राजावादी नेताहरुलाई अंगरक्षक नदिने सरकारको निर्णय

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ २१ गते
आन्दोलन नछाडेसम्म राजावादी नेताहरुलाई अंगरक्षक नदिने सरकारको निर्णय

राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापनाको मागसहित आन्दोलनमा उत्रिएका राजावादी नेताहरुले आन्दोलन नछाडेसम्म अंगरक्षक (पीएसओ) नपाउने भएका छन्।

सरकारले केही समयअघि राप्रपा नेताहरू ध्रुवबहादुर प्रधान, दीपक सिंह र ज्ञानबहादुर शाहीका अंगरक्षक फिर्ता बोलाएको थियो। प्रहरी प्रधान कार्यालयका अनुसार ती अंगरक्षकहरू आन्दोलन सम्बन्धी ब्रिफिङका लागि बोलाइएका थिए, तर हालसम्म पुनः खटाइएको छैन।

बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राप्रपा नेता बुद्धिमान तामाङले गृहमन्त्री रमेश लेखकसँग अंगरक्षक फिर्ता बोलाउने कारणबारे प्रश्न गरेका थिए। जवाफमा मन्त्री लेखकले आन्दोलनका कारण सुरक्षा जोखिम बढेको बताउँदै यस्तो अवस्थामा व्यक्तिगत सुरक्षाकर्मीलाई हटाएर सामूहिक सुरक्षा व्यवस्था मजबुत बनाइएको स्पष्ट पारे।

मन्त्री लेखकले भने, “तपाईंहरूले गर्ने गतिविधिहरूमा सुरक्षा थप आवश्यक परेकोले ती सुरक्षाकर्मीहरूलाई तत्कालका लागि अन्यत्र खटाइएको हो। जब आन्दोलन रोकिन्छ, अंगरक्षक पुनः खटाइनेछन्।”

उनले संविधानको मूल मर्मबारे पनि स्पष्ट धारणा व्यक्त गरे। “गणतन्त्र, संघीयता, लोकतन्त्र, र समावेशिताबाट पछि फर्किन सकिँदैन। संविधानको आधारभूत संरचना उल्ट्याउने वा संविधान नै फाल्ने कोसिस कुनै हालतमा स्वीकार्य हुँदैन,” गृहमन्त्री लेखकले चेतावनी दिए।

उनले थपे, “गणतन्त्र हटाउने वा संविधान फाल्ने प्रयत्नहरू पूर्णतः निरर्थक छन्। यस्ता गतिविधिमा संलग्न नहुन मेरो सादर अनुरोध छ। सरकारको धारणा यहीं हो।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स