ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना कर्मचारीहरूलाई डेढ महिनाको तलब बराबर क्लोजिङ बोनस वितरण गरेको छ। बैंकले साउन १ गते नै उक्त रकम कर्मचारीहरूको खातामा जम्मा गरेको छ।
बोनस ऐनको दफा ५ को उपदफा (१) मा उल्लेख भए अनुसार, नाफा गर्ने प्रत्येक संस्थाले आर्थिक वर्षको खुद मुनाफाको १० प्रतिशत बराबर रकम कर्मचारीलाई बोनस स्वरूप छुट्याउनु अनिवार्य छ। यसै आधारमा बैंकहरूले हरेक वर्ष आफ्नो नाफाको आधारमा कर्मचारीलाई बोनस वितरण गर्दै आएका छन्।
ग्लोबल आइएमई बैंक देशकै सबैभन्दा ठूलो बैंक हो र यसमा ४,२०० भन्दा बढी कर्मचारी कार्यरत छन्। हाल डेढ महिनाको बोनस बैंकले खातामा पठाए पनि, बाह्य लेखापरिक्षणपछि हुने साधारणसभामा थप बोनस वितरण गर्ने योजना रहेको छ।
















![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया