बोनस सेयर बापतको कर तिर्न ग्लोबल आइएमई बैंकको सेयरधनीलाई आग्रह
ग्लोबल आइएमई बैंकले सेयरधनीलाई आर्थिक वर्ष २०८०।८१ को बोनस सेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न आग्रह गरेको छ। बैंकले जारी गरेको सूचना अनुसार सेयरधनीहरुले बोनस सेयरमा लाग्ने करको रकम बैंकको तोकिएको खातामा जम्मा गरेपछि मात्र बोनस सेयर डिम्याट खातामा जम्मा हुनेछ।
ग्लोबल आइएमई र साबिक बैंक अफ काठमाण्डूबीच मर्जर प्रक्रिया सकेर ग्लोबल आइएमई बैंकको नामबाट २०७९ पुस २५ गतेबाट एकीकृत कारोबार सञ्चालन भएको थियो। गाभिएको मितिबाट २ वर्षसम्म वितरण गरेको लाभांशमा कर नलाग्ने प्रावधान रहेको छ। तर, एकीकृत कारोबार भएको मितिपश्चात ग्लोबल आइएमई बैंकको १८ औँ वार्षिक साधारणसभा प्रयोजनका लागि बुक क्लोज २०८१ मंसिर ९ गतेभन्दा अघिल्लो दिनसम्म भएको सेयर कारोबारबाट प्राप्त सेयरको ५ प्रतिशत कर लाग्ने बैंकले जनाएको छ।
करबापतको उक्त रकम बैंकले तोकेको बैंक खातामा दाखिला गरेपछि मात्रै सेयरधनीको डिम्याट खातामा बोनस शेयर जम्मा गरिने बैंकले जनाएको छ। सेयरधनीहरुले कर वापत्को रकम “TAX ON BONUS SHARE 80-81” नाममा रहेको बैंकको खाता नम्बर ०००७५३०५२४०४७ मा जम्मा गरी सोको भौचर सेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटलको ई–मेल [email protected] मा पठाउनुपर्नेछ ।