फेसबुकमा स्पष्टीकरण दिएर निर्दोष भइँदैन; गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ: खुश्बु ओली

फेसबुकमा स्पष्टीकरण दिएर निर्दोष भइँदैन; गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ: खुश्बु ओली

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमार्फत दिएको स्पष्टीकरणप्रति आपत्ति जनाएकी छन्। उनले गृहमन्त्रीले तत्काल राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने मागसमेत गरेकी छन्।

सोमबार फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद ओलीले गृहमन्त्रीले आफूमाथि लागेका गम्भीर आरोपहरूको जवाफ सामाजिक सञ्जालबाट दिनु विधिसम्मत प्रक्रिया कमजोर बनाउने र संस्थागत विश्वसनीयतामा आघात पुर्‍याउने काम भएको बताएकी छन्।

उनले लेखेकी छन्, “यदि यस्तो अभ्यास स्वीकार्य बनाइयो भने, भोलि प्रत्येक सम्पति सुद्धिकरणको मुद्दा खेपीरहेका वा अन्य फौजदारी अभियोगमा परेका व्यक्तिले पनि सामाजिक सञ्जालमै लेखेर आफू निर्दोष भएको दाबी गर्दा भयो।”

POLITICS 2 3 https://bajarkochirfar.com/giving-clarification-on-facebook-does-not-absolve-home-minister-should-resign-immediately-khushbu-oli | %tags
यो पनि पढ्नुहोस

गृहमन्त्रीको प्रश्न: यो देशमा सेयरमा लगानी गर्नु कहिलेदेखि अपराध भयो?

सांसद ओलीका अनुसार यो विषय व्यक्तिगत अभिव्यक्तिभन्दा पनि संस्थागत मर्यादा र उत्तरदायित्वसँग जोडिएको विषय हो। उनले कानुनी सिद्धान्तअनुसार कोही पनि आफ्नो मुद्दामा आफैं न्यायाधीश बन्न नसक्ने भन्दै निष्पक्ष छानबिन आवश्यक रहेको उल्लेख गरेकी छन्।

उनले गृहमन्त्रीले स्वतन्त्र छानबिनको सामना गर्नुपर्ने र निर्दोष प्रमाणित भएपछि मात्र पुनः जिम्मेवारी सम्हाल्नु उपयुक्त हुने धारणा राखेकी छन्।

त्यस्तै, गृहमन्त्रीले ‘पार्टीको निर्णय पालना गर्छु’ भन्ने अभिव्यक्तिलाई पनि उनले आलोचना गर्दै गृहमन्त्री पार्टीको होइन, राज्य संयन्त्रको निर्णयअनुसार चल्नुपर्ने बताएकी छन्। उनका अनुसार अनुसन्धान जारी रहँदा आफैं जिम्मेवारीमा बसिरहनु विरोधाभासपूर्ण हुन्छ।

Screenshot 2026 04 20 163004 https://bajarkochirfar.com/giving-clarification-on-facebook-does-not-absolve-home-minister-should-resign-immediately-khushbu-oli | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स