घोराही सिमेन्टले गर्यो लाभांश घोषणा, बुक क्लोज कहिले ?

घोराही सिमेन्टले गर्यो लाभांश घोषणा, बुक क्लोज कहिले ?

घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले आव २०८१/८२ का लागि कुल १०.५२६३%  लाभांश वितरणगर्ने निर्णय गरेको छ। कम्पनीको मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले यस लाभांश वितरणको प्रस्ताव पारित गरेको हो, जसमा १०% बोनस सेयर र ०.५२६३% नगद लाभांश समावेश छ।

लाभांश वितरणका लागि कम्पनीले पञ्चौ वार्षिक साधारण सभा पुस १४ गते बिहान ९ बजे दाङस्थित होटल पौवामा डाकेको छ। सभामा हकप्रद सेयर वितरण, प्रबन्धपत्र संशोधन, वार्षिक प्रतिवेदन पारित, लेखापरिक्षकको प्रतिवेदन र वित्तीय विवरणहरू पारित, कम्पनीको कारोबार अनुमोदन, संस्थापक सेयरधनीबाट सापटी रकम व्यवस्थापन, लेखापरिक्षक नियुक्ति तथा संस्थापक सेयरधनी समूहतर्फबाट सञ्चालकहरूको निर्वाचनसमेतको प्रस्ताव उपर छलफल गरिनेछ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर २६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ, जसअन्तर्गत मंसिर २५ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरू मात्र लाभांश पाउने र सभामा सहभागी हुने योग्य हुनेछन्।

GCIL https://bajarkochirfar.com/ghorahi-cement-announces-dividend-when-will-the-book-close | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स