भोलि बस्दै विशाल बजार कम्पनीको साधारण सभा, लाभांश पारित गर्ने मुख्य एजेन्डा

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २७ गते
भोलि बस्दै विशाल बजार कम्पनीको साधारण सभा, लाभांश पारित गर्ने मुख्य एजेन्डा

लाभांश पारित गर्न विशाल बजार कम्पनीको साधारण सभा भोलि फागुन २८ गते बस्दैछ । सभा त्रिभुवन आर्मी अफिसर क्लब, सन्धार, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

सभामा कम्पनीले प्रस्ताव गरेको १४ प्रतिशत लाभांश पारित हुनेछ । आर्थिक वर्ष २०७०/७१ देखि २०७५/७६ सम्मको वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पनि रहेको छ ।

सभा प्रयोजनार्थ कम्पनीले फागुन ९ गते बुक क्लोज गरिसकेको छ। जस अनुसार, फागुन ८ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउन र सभामा भाग लिन सक्नेछन् ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स