विशाल बजार कम्पनी लिमिटेडले १४ प्रतिशत लाभांश घोषणा गरेको छ । यस कम्पनीको माघ २८ गते बसेको सञ्चालक समिति बैठकले १४ प्रतिशत अन्तरिम नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो ।
उक्त प्रस्ताव पारित गर्न कम्पनीले फागुन २८ गते साधारण सभा पनि बोलाएको छ । सभा त्रिभुवन आर्मी अफिसर क्लब, सन्धार, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा १४ प्रतिशत लाभांश प्रस्ताव पारित हुनेछ ।
साथै, आर्थिक वर्ष २०७०/७१ देखि २०७५/७६ सम्मको वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ र २०८१-८२ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पनि रहेको छ । सभा प्रयोजनार्थ कम्पनीले फागुन ९ गते बुक क्लोज गर्ने भएको छ । जस अनुसार, फागुन ८ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् ।






![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-768x432.jpg)






![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया